सिरिया द्वन्द्वले अस्ट्रेलियालाई ऊर्जा संकट



सिड्नी, (एजेन्सी)
सिरिया संकटमा अमेरिकाको पक्षमा उभिएको अस्ट्रेलिया त्यहाँको सम्भावित द्वन्द्वलाई लिएर चिन्तित रहेको जनाइएको छ। यदि सिरियामा कुनै विध्वंशकारी हमला भएमा अस्टे«लिया पनि संकटको चपेटामा आउनेछ।

यस द्वन्द्वले अस्ट्रेलिया नराम्रोसँग ऊर्जा संकटमा फस्ने र उसको अर्थव्यवस्था ठप्प हुने बताइएको छ। शीतयुद्धको अन्त्यपछि पहिलोपटक सिरियाको विषयलाई लिएर रुस र पश्चिमी शक्तिबीच मुठभेडको स्थिति बनेको छ।

द अस्ट्रेलियन अखबारले सिरिया रणभूमि बनेमा अस्ट्रेलियामा ४३ दिनपछि तेल समाप्त हुने उल्लेख गरेको छ। अस्ट्रेलिया तेलका लागि पूर्णरूपमा मध्यपूर्वमा निर्भर रहेको छ।’ ‘अस्ट्रेलियाले पारवहन इन्धनको ९१ प्रतिशत सिरियाको मार्गबाट ल्याउने गरेको छ। अस्ट्रेलियामा कुनै सरकारी भण्डारण छैन। अस्ट्रेलियको कुनै योजना पनि छैन। यदि सिरियामा युद्ध भएमा हाम्रो उद्योग र अर्थव्यवस्था ठप्प हुनेछ।’ –पूर्वसैन्य वरिष्ठ अधिकार जोन ब्लाकबर्नले अखबारलाई बताए।

अस्टेलियासँग कम्तीमा ९० दिनका लागि सुरक्षित ऊर्जा हुनुपर्ने तर ४१ दिनका लागि मात्र रहेको बताइएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य देशमा अस्ट्रेलिया त्यस्तो देशमा पर्छ जोसँग तेल भण्डार अत्यन्त न्यून छ।

प्रतिक्रिया दिनुहोस्