धेरैपछि शेयर कारोबार अर्ब नाघ्यो



काठमाडैं । २०७५ शुरू भएदेखि शेयर बजारमा सुधार देखिँदै आएको छ । यसैक्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८३ अंकको वृद्धिसँगै १३६३ दशमलव ०१ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन २४ लाख ४० हजार १०५ कित्ता शेयर १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँमा कारोबार भएको छ । धेरै दिनपछि कारोबार रकमले अर्ब नाघेको हो । यस दिन ‘क’ वर्षका कम्पनीहरूको कारोबार मापन गर्ने सिन्सेटिभ इन्डेक्स ६ दशमलव २७ अंकले बढे र २८८ दशमलव ८५ अंका पुगेको छ ।

बुधबारको कारोबारमा आएका सबै समूह वृद्धि भएको छ । जसअन्तर्गत बैंकिङ समूह ३२ दशमलव ८९ अंक, जलविद्युत् समूह १०७ दशमलव ७३ अंक, विकास बैंक समूह ६५ दशमलव ३४ अंक, बीमा समूह ६३ दशमलव ५१ अंक, लघुवित्त समूह ५ दशमलव ३९ अंक, व्यापार समूह ४ दशमलव ३९ अंक, होटल समूह ३७ दशमलव ६५ अंक, फाइनान्स समूह १३ दशमलव ६९ अंक, उत्पादन समूह २८ दशमलव ३५अंक, अन्य समूह ७ दशमलव ८१ अंकले बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्