सी–आस्बाबाट प्रभावकारी बनाउन बोर्डको परिपत्र



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सी–आस्बा प्रणाली लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकीन नगरिकनै आवेदन बुझिलिने गरेको, चेकसमेत बुझिलिने गरेको जस्ता गुनासोहरू आएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न जोड दिएको हो ।

बोर्ड उक्त सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन बोर्डले आस्बा सदस्यलाई चार बुँदे परिपत्र पनि गरेको छ ।

– सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्बा सफ्वेयरमा रुजु गरी ग्राहकको पहिचान एकीन गरेपश्चात मात्रै बुझिलिने ।

– आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्ने ।

– सेवाग्राहीलाई सी–आस्बा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचारप्रसार गर्ने ।

– सी–आस्बा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीलाई तालिम प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्