साफ च्याम्पियनसिपमा नेपाल ए समूह



काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो ।

नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान छन् । सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन । पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्