विराट आईपीएलका सर्वाधिक रन बनाउने खेलाडी



नयाँ दिल्ली । मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार भएको खेलमा हराएर आईपीएलको यस सिजनमा पहिलो जित दर्ता गरेको छ । यसअघि लगातार तीन खेल हारेको मुम्बईका लागि रोहित शर्माले ५२ बलमा ९४ रन जोडेका थिए ।

जबकी रोयल च्यालेन्जर्सका कप्तान विराट कोहलीले नटआउट हुँदै ६२ बलमा ९२ रन बनाएका थिए । तर उनले टोलीलाई जित भने दिलाउन सकेनन् । यसको बावजुद विराटले आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बन्न पाएका छन् ।

विराट ३२ रन बनाएसँगै आईपीएलको इतिहासमा सबैभन्दा रन बनाउने खेलाडी बनेका हुन् । विराट भन्दा अघि सुरेस रैनाको नाममा यो कीर्तिमान दर्ता थियो । रैनाले १ सय ६३ खेलमा १ सतक ३१ अर्धसतकसहित ४ हजार ५ सय ५८ रन बनाएका छन् । जबकी विराटले १ सय ५३ खेलबाट ४ हजार ६ सय १९ रन बटुलेर आईपीएलमा सबैभन्दा रन बनाउने खेलाडी बने ।

उनले ४ सतक र ३२ अर्धसतक बनाइसकेका छन् । तेस्रो स्थानमा पनि भारतीय खेलाडी नै छन् । मुम्बईलाई जित दिलाएका रोहितले १ सय ६३ खेलबाट ४ हजार ३ सय ४५ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्