कति दिग्भ्रमित बनाउँछौ ?



काठमाडौ । सरकार गठन भएको पनि दुई महिना पुरा भएको छ । सरकार आर्थिक सम्बृद्धीको नारा दिएर देशबिदेशबाट वाह वाह बटुल्न ब्यस्त छ ।

तर कामले जुन गतिलिनु पर्ने हो त्यसको छेकछन्द केही पनि देखिदैन । सरकार काम भन्दा पनि स्यावासी बटुल्नमा ब्यस्त देखिएको छ । जनताका समस्या जस्ताको तस्तै छन । सरकार आर्थिक सम्बृद्धीको नारालाई उचालेर दिग्भ्रमित बनाउने काममा उद्धत रहेको छ ।

शान्ति सुरक्षाको अवस्था झन खस्कदो अवस्थामा रहेको छ । हरेक दिन जस्तो बलात्कारका घटना भएका समाचारहरु सार्वजनिक हुन थालेका छन भने काठमाडौ लगायत मुख्य शहरमा हत्या हिंसाका घटना बढ्दो अवस्थामा रहेको छ ।

तर सरकार यस्ता घटना नियन्त्रण गर्न सम्वन्धित निकायलाई निर्देशन दिने काम समेत गर्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन र झिनामसिना मिटिङमा ब्यस्त रहनु, उहांका सल्लाहकारहरुले समयमा सही सल्लाह नदिनु, प्रधानमन्त्री काम भन्दापनि भाषणमा बढी रुची दिनुले जनता तरंगित हुन थालेका छन ।

२ महिनामा के काम सरकारको प्राथमिता हो त्यसको पहिचान भएर कार्यान्वयनकालागि योजना तयार गर्नु पर्ने चरणमा रहेको सरकार कुहिरोको कागमा अलमलिएको काग जस्तै भएको छ ।

बाटो बिराएको बटुवाले सहि गन्तब्य पत्तालगाउन नसक्दा अलमलिए झै सरकार अलमलमा परेको छ । सरकारका केही मन्त्री भने आफ्नो बलबुताबाट केही सुधारका काम गर्ने चरणमा प्रवेश गर्न लागेका छन ।

श्रममन्त्री गोकर्ण बिष्ट, पर्यटन मन्त्री रबीन्द्र अधिकारी, गृह मन्त्री रामबहादुर थापा लगायतले केही आशा गर्न सक्ने कामको शुरुवात गर्न लागेको अनुभुति हुन थालेको छ ।

अहिले स्थानीय निकाय र प्रदेशले कानुनका अभावमा केहीकाम गर्न सकेका छैनन । ती निकायलाई कानुन बनाउन सघाउनु पर्ने केन्द्र सरकारका मुखिया नै चलचित्रका नायकले बोल्ने डाइलग बोल्दै हिड्नुले आर्थिक सम्बृद्धी हुन्छ कि हुदैन यो कौतुहलताको बिषय बनेको छ । राजधानी अहिले धुलोको भुमरीमा परेको छ ।

समयका सम्पन्न हुुनुपर्ने राजधानीका कुनैपनि आयोजना सम्पन्न हुन सकेका छैनन । जता गयो उतै धुलो र धुवांको मुस्लोमा जनता पिल्सनु परेको छ । राजधानीको दैनिकी कष्टपुर्ण मात्र होईन सकसपूर्ण र कोलाहलपूर्ण अवस्थामा पुगेको छ ।

उपत्यकाका स्थानीय जनप्रतिनिधि अहिले सम्मपनि सम्मान थाप्न ब्यस्त रहदा समेत सरकार रमिते बनेर हेरिरहेको छ । हैसियत नभएहरुलाई महत्वपूर्ण पद दिदैं सरकार लोकप्रिय हुने दिवास्वप्ना देख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्