अपराध महाशाखामा सिंह



काठमाडौं, (नेस)
३३ किलो सुन प्रकरणमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी संलग्न रहेको अभियोगमा प्रहरी प्रधान कार्यालय तानिएपछि संघीय प्रहरी इकाइ कार्यालय बागमतीका एसएसपी धीरजप्रताप सिंहलाई महाशाखाको प्रमुख बनाइएको छ।

गृहमन्त्री रामबहादुर थापाले एसएसपी सिंहलाई महाशाखामा काज सरुवा गर्न निर्देशन दिनुभएको थियो। काठमाडौंलगायत देशका विभिन्न भागमा कार्यरत रहेर आफ्नो योग्यता प्रदर्शन गरिसक्नुभएका एसएसपी सिंह अपराध विज्ञका रूपमा समेत चिनिनुहुन्छ।

पर्साको प्रहरी प्रमुख हुँदा सहायक सीडीओ बलबहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई पक्राउ गर्नुभएको थियो।
दाङको प्रहरी प्रमुख हुँदा व्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उहाँले नै पत्ता लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्