भेटिकनले क्याथोलिक पादरीलाई जादु टुना सिकाउने



रोम, (एजेन्सी)
विश्वभरिका क्याथोलिक समुदायको धेरै मागपछि भेटिकनले जादु टुनाको वार्षिक कोर्सका लागि ढोका खोलेको छ।

करिब ५० देखका २ सय ५० पादरी जादु टुना सिक्नका लागि रोमतर्फ प्रस्थान गरिरहेका छन्। यो अध्ययनमा सैतानी शक्ति चिन्नु, पादरीहरूको अनुभव सुन्नु र प्रेतात्माबाट मुक्त पाउन अनुष्ठान समावेश गरिएको छ।

एक्सर्सिजम अर्थात् जादु टुना फिल्म तथा आम जीवमा आफ्नो चित्रणलाई लिएर धेरै विवादास्पद रहेको छ। त्योबाहेक पनि कैयौं धार्मिक सम्प्रदायमा यसको दुरुपयोग हुने गरेको समाचार आउने गरेका छन्।

एक हप्ताभरि चल्ने यो कोर्सको नाम ‘एन्टाइटल्ड एक्सर्जिजम एन्ड द प्रयार अफ लिबरेसन’ राखिएको छ। यो कोर्स २००५ मा शुरू भएको थियो। यसको शुल्क करिब ३ सय डलर रहेको छ।

कोर्समा जादु टुनालाई धार्मिक, मनोवैज्ञानिक र मानवशास्त्रीका विभिन्न पक्षमा जोड दिइएको छ। कैयौं देशका क्याथोलिक पादरीले उनीहरूसँग भूत–प्रेतले दुःख दिएका समस्या लिएर आउनेको संख्या बढिरहेको बताएका छन्।

एक इसाई बुद्धिजीवी थियोसले सन् २०१७ मा बेलायतमा पनि यसको चलन बढिरहेको बताएका थिए। अर्का एक अमेरिकी पादरी गेरी थोमसले विगत १२ वर्षदेखि जादुु टुनाबाट मानिसको मद्दत गरिरहेको दाबी गरेका छन्। इसाई धर्ममा आइरहेको पतनका कारण अन्धविश्वास र कुरीति रहेको उनले बताएका छन्।

जादु टुनाको विधिलाई लिएर विश्वभरि आलोचना हुने गरेको छ। यस प्रकारको धार्मिक रीति–रिवाजका बच्चाहरूमा यसको प्रयोग हुने गरेकोमा चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्