राजोपाध्याय समाजको जिल्ला समन्वय समिति गठन



नेपाल समाचारपत्र
काठमाडौं
राजोपाध्याय समाजको उपत्यकाका ३ वटै जिल्लामा जिल्ला समन्वय समिति गठन गरिएको छ। समाजले १ भेलाले विरुसुवेदी राजोपाध्यायको संयोजकत्वमा ७ सदस्यीय काठमाडौं समिति गठन गरेको छ। समितिको सचिवमा सुजित राजोपाध्याय, कोषाध्यक्षमा विभुषा राजोपाध्याय रहनुभएको छ। यसैगरी सदस्यमा विद्या राजोपाध्याय, राजीव राजोपाध्याय, लूजः राजोपाध्याय र सुरभी राजोपाध्याय हुनुहुन्छ। भेलामा नव्य न्यायाचार्य उपेन्द्रभक्त सुवेदी (गोविन्द भक्तानन्द राजोपाध्याय), अर्थविद् लक्ष्मणराज राजोपाध्याय, नापी विभागका पूर्वमहानिर्देशक रविनकाजी शर्मा राजोपाध्यायले समाजलाई सबल बनाउन सामाजिक रूपमा संगठित भई शैक्षिक, आर्थिक रूपमा पनि सक्षम बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

त्यस्तै वन्दना शर्मा राजोपाध्यायको संयोजकत्वमा ९ सदस्यीय समिति भक्तपुरमा गठन गरिएको छ। समितिमा माधुरी शर्मा राजोपाध्याय सचिव, विजया शर्मा राजोपाध्याय कोषाध्यक्ष हुनुहुन्छ भने सदस्यमा गिरीश शर्मा राजोपाध्याय, स्वस्तिका राजोपाध्याय, चेतनराज राजोपाध्याय, रसिक राजोपाध्याय, मिला राजोपाध्याय र प्रीतमराज राजोपाध्याय हुनुहुन्छ। यसैगरी ललितपुर भेलाले उद्धव आचार्य राजोपाध्यायको संयोजकत्वमा सात सदस्यीय समिति सर्वसम्मतमै चयन गरेको थियो। ललितपुर समितिमा भने सचिवमा त्रिलोचन राजोपाध्याय, रुविना राजोपाध्याय कोषाध्यक्ष, सदस्यमा महेशबाबु राजोपाध्याय, विजेश राजोपाध्याय, बुनु शर्मा राजोपाध्याय र नीरज राजोपाध्याय हुनुहुन्छ।

समाजलाई नयाँ तवरले अगाडि बढाउन जिल्ला समन्वय समिति गठन गरिएको अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले बताउनुभयो। समाजलाई सबल बनाउन समाज अझ सशक्त ढंगले अगाडि बढ्ने अध्यक्ष राजोपाध्यायको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्