५० मध्ये ३१ वटामात्रै विमानस्थल सञ्चालनमा



नेपाल समाचारपत्र
काठमाडौं
देशभर ५० वटा विमानस्थल रहेकोमध्ये ३१ विमानस्थलमात्रै सञ्चालनमा रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थलको संख्या धेरै भएको भए पनि कतिपय विमानस्थलको स्तरोन्नती र निर्माणको काम भइकाले गर्दा भएको विमानस्थल सञ्चालनमा नआएको प्राधिकरणले जनाएको छ।

१९ विमानस्थल सञ्चालनमा आउन नसके पनि १४ विमानस्थल निर्माण गर्न प्रस्ताव गरिएको छ। प्राधिकरणका अनुसार इलाम, गुल्मी, कालीकोट, पोखरा र भैरहवालगायतका जिल्लामा ७ वटा विमानस्थलको निर्माण जारी छ। प्रायः जसो हरेक जिल्लाबाट विमानस्थलको माग हुने गरेको प्राधिकरणले प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताउनुभयो। यता नयाँ माग गरिएको विमानस्थलमध्येमा उदयपुरको जोगीदह, अर्घखाँची, धनकुटा, धरान सोलुखुम्वु, पाल्पा, सुर्खेतलगागत १४ जिल्लामा प्रक्रिया शुरू गरिएको थापाले बताउनुभयो। संसदहरूले मतदाता रिझाउनको लागि समेत आफ्नो जिल्लामा विमानस्थलको माग गर्दै आएका छन्। आवश्यकता र व्यावसायिकरूपमा सबल नभए पनि सांसदहरूले विमानस्थलका विषयलाई चुनावी एजेन्डाका रूपमा प्रस्तुत गरेपछि विमानस्थलको माग बढी रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

राजविराजसहित ३० विमानस्थलको पिच गर्ने काम सकिएको छ भने प्राधिकरणले काम गरिरहेको ३९ विमानस्थलमा ९६ प्रकारको स्तरोन्तीको काम भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भन्नुभयो–‘हामीले अहिले विमानस्थलको स्तरोन्नतीदेखि लिएर रनवे टर्मिनलगागतका भैतिक निर्माणको काम गरिरहेको छौ’ अहिले बागलुङ र डोल्पाको विमानस्थल कच्ची रहेको छ।

अधिकांश विमानस्थलमा रातीको समयमा उडान भर्न समस्या रहेको हुँदा प्राधिकरणले जनकपुर र चन्द्रगढी विमानस्थलमा राती उडान भर्न मिल्ने गरी काम भइरहेको जनाएको छ। हाल रातीको समयमा त्रिभुवन विमानस्थल, विराटनगर, सिमरा धनगढी, नेपालगन्ज र भैरहवा विमानस्थलमा रातीको समयमा पनि उडान अवतरण गर्न सक्छ।

एक महिनाभित्रै जनकपुर र चन्द्रगढी विमानस्थलमा राती उडान भर्न मिल्ने गरी सञ्चालन ल्याइने प्राधिकरण उपमहानिर्देशक देवानन्द उपाध्यायले बताउनुभयो। यसैगरी त्रिभुवन विमानस्थलको रनवेको दायाँ बायाँ पिच गरेर ३ सय मिटर रनवे एक्स्पान्सन गर्ने भएको छ। सहज र सुरक्षित उडान गर्नेको लागि रनवे एक्स्पान्सन गर्न लागिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जनाकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्