गीत र फेसनसँगै



कलाकार र गायकगायिकासँगै राजधानीमा फेसन सो गरिएको छ। कलाकारहरूलाई समेत र्याम्पमा क्याटवक गराएर गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (गिफ्ट) ले राजधानीमा गर्जियस एटायर सो आयोजना गरेको हो।

फेसन सोको चौथो संस्करण ललितपुरको १९९९ एडीमा अभिनेता सरोज खनालको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो। खनालले पानसमा बत्ती बालेर सोको शुरूआत गरेका थिए। उनलाई साथ दिन नेपालका गायकहरू कर्ण दास, दीपक वज्राचार्य, बबिन प्रधान, भीम तुलाधर, सानुबाबु महर्जनलगायतका गायक कलाकार पनि सहभागी भएका थिए। सोमा फोटोग्राफर राजभाइ सुवाल, अधिवक्ता लक्ष्मण महर्जन, मञ्जु श्रेष्ठ, विपना थापालगायतका अतिथिलाई पनि र्याम्पवाक गराइएको थियो।

गिफ्टका डिजाइनरहरूको प्रतिभा प्रष्फुटन लागि गरिएको सोमा शोभा महर्जनले नेपालको मौलिक कपडा ढाकाको फेसनेबल डिजाइन प्रस्तुत गरेकी थिइन्। त्यसै गरी गिफ्टका डिजाइनरहरू अञ्जना अधिकारी, मुष्कान श्रेष्ठ, संगीता शाही, शीला थापा, बिनु लामा र प्राश्ना महर्जनलगायतले वन पिस, सारी, ग्राउन, लेहेंगाका डिजाइनहरू पस्केका थिए। ८ पुरुष र १६ महिला मोडलले डिजाइनरहरूको पहिरन प्रस्तुत गरेका थिए। फेसन सोका लागि म्यानहन्ट सनिस शाक्यले कोरियोग्राफी गरेका थिए।

क्लबमाण्डु न्टरटेन्मेन्टको व्यवस्थापनमा भएको फेसन सोमा कर्णदाससँगै उनका पुत्र मार्कुस दासले सांगीतिक कला प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्