३३ किलो सुन काण्डमा ‘बाजेको सेकुवा’का सञ्चालक तानिए



काठमाडौं । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनामा रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक चेतन भण्डारीको पनि अनुसन्धानका लागि तानीने भएका छन ।

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ । प्रहरीले तस्करीमा संलग्न रहेको भन्दै भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल ९उप्रेती०, भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको बैंक खाता तथा सम्पती रोक्का राखेको छ ।

भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन् । भण्डारी उप्रेतीका भान्जा नाता पर्छन् । भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धाबाट खुलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्