‘राष्ट्र निर्माणमा समर्पित हुनुहोस्’



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि व्यक्त गर्नु भयो । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उहाँले भनसुनको भरमा नचल्न पनि सचेत गराउनु भयो । लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाई छ ।

मन्त्री पण्डितले गल्ती नगर्न पनि निजामती कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरुले भनसुनको भरमा चल्न नहुने पनि स्पष्ट पार्नु भयो । कार्यक्रममा मन्त्री पण्डितले १ सय ५३ जना प्रशासन तालिम लिएका अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्