रहेनन साहित्यकार डा. जोशी



वरिष्ठ समालोचक डा. कुमार बहादुर जोशीको ललितपुरको सुमेरु अस्पतालमा निधन भएको छ।

२०५३ र २०५८ सालमा गरेर उहाँको दुई पटक मिर्गौला प्रत्यारोपण भैसकेको थियो। केही बर्ष यता उहाँ घरैमा बसेर औषधी सेवन गरेर बसिरहनु भएको थियो र सार्बजनिक सभा समारोहहरुमा देखा पर्नु भएको थिएन।

१९९८ मंगसीर २३ गते जन्मिएका डा. जोशीले महाकवि देवकोटाका बारेमा विद्यावारिधि गर्नु भएको थियो। समालोचना सम्बन्धि उहाँका थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्