युवा संघ फुट्यो



काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल विभाजनको निर्णय भएको छ ।

युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् । ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटि गठनको निर्णय भएको शाहीले बताए ।

युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर नेपाल समूहको छ ।

नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् । ‘पेलेर संगठन चलाउने, व्यक्तिवादी चरित्रको हावी गराउने प्रवित्ति यो सरकार असफल बनाउने षडयन्त्र पनि भन्ने ठहर बैठकले गरेको छ ।’, शाहीले भने ।

उता एमाले र माओवादी एकीकरणका विषयमा एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । भ्रातृ संगठनको समायोजनका विषयमा चर्को बहस चलिरहेका बेला यता सत्ता नेतृत्व गरेको गठबन्धनको मुख्य दलको भ्रातृ संगठन भने विभाजनको निर्णयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्