अब एटिएमबाट एक पटकमा २५ हजारभन्दा बढी निकाल्न नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवालगायत अन्य विद्युतीय माध्यमबाट गरिने कारोबारलाई व्यवस्थित गर्ने भन्दै सीमा निर्धारण गरिएको हो ।

 

राष्ट्र बैंकले नयाँ निर्देशन ल्याउँदै विभिन्न माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा तोकेको छ । नयाँ निर्देशनमा मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम दैनिक १० हजारसम्म गर्न पाइने व्यवस्था गरिएको छ । महिनामा ५० हजारसम्मको सीमा तोकिएको छ । सेवाप्रदायकको मागलाई ध्यानमा राखी ५० हजार रुपियाँ पु-याइएको बैंक स्रोतले जानाकारी दिएको छ ।

 

त्यस्तै इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक १ लाखसम्म र मासिक १० लाखसम्मको कारोबार सीमा कायम गरिएको छ । यसअघि गरिएको प्रस्तावमा मासिक ५ लाखसम्मको कारोबार सीमा राखिएको थियो । यो व्यवस्थामा विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स पनि एक पटकमा एक लाखसम्म मात्रै नगद भुक्तानी हुनेछ । बाँकी रकम भुक्तानी गर्नुपरेमा बैंक खातामार्फत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्