एमाले र काँग्रेसको मिलोमतोमा भलाई कोष



यमलाल भुसाल, बुटवल । मुलुक भर वामतालमेलबाट केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय तह तथा अन्य सामाजिक संस्थामा नेतृत्व लिई रहेको वर्तमान अवस्थामा बुटवलको एउटा संस्थामा एमाले र नेपाली काँग्रेस बीच तालमेल गरि नेतृत्व भागबन्डा गरि लिएका छन ।

बुटवलमा प्रधान कार्यालय रहेको यातायात मजदुर व्यवसायी भलाई कोषमा १७ जनामा पदाधिकारी ३ सहित सदस्य ८ जना गरि एमालेलाई ११ र काँग्रेसले पदाधिकारी २ सहित ४ सदस्य गरि ६ जनाको हिसावमा भागबन्डामा नेतृत्व समालेका छन ।

कोषमा एमालेको भागमा परेको अध्यक्षमा दिनेश फुल्लेल, उपाध्यक्ष छविलाल थापा महासचिवमा योगेस गुरुङ योग, तथा काँगे्रसको भागमा परेको सचिवमा प्रकाश कुमार नेपाल,कोषाध्यक्षमा विजेस न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरि कोषको सदस्यमा एमालेवाट दिलिप कार्की ,तोयनाथ लम्साल, कृष्ण प्रसाद रेग्मी, लाल काजी गुरुङ, लक्ष्मी पाण्डे, श्याम गैरे, अर्जुन वन्जाडे, चेत बहादुर गुरुङ रहेका छन भने काँग्रेसवाट किशोर क्षेत्री, होम प्रसाद पौडेल, भक्तिराम शर्मा र दिपेन्द्र शर्मा निर्वाचित हुनु भएको निर्वाचन समितिका प्रमुख यानेन्द्र जिसीले बताउनु भयो । कोषको २२ औ अधिवेशनवाट मंगलवार नयाँ नेतृत्व निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्