चौरजहारी नगरपालिकाका मेयर सवार जीप दुर्घटना



रुकुम। पश्चिम रूकुमको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा सवार भे १ ज २४३ नम्वरको नगरपालिकाको जीप  दुर्घटनामा परेको छ ।

चौरजहारी नगरपालिका ५ स्थित आवि लहरेसिमल विद्यालयमा विद्यार्थीको पोशाक वितरणका लागि जाँदै गर्दा चौरजहारी नगरपालिका वडा नम्वर ४ मेलैनाउलीमा जीप दुर्घटना भएको हो ।

घाइतेहरुकोअवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको चौरजहारी अस्पतालमा उपचार भरहेको छ । जीपमा सात जाना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्