माटोको ढिस्कोले पुरिएर एकको मृत्यू , दुई घाईते



वर्दिया । घर लिपपोत गर्ने माटो लिन गएकी मधुवन नगरपालिका ५ वर्दिया की २५ वर्षिया गणेश शाहीको माटोको ढिस्को झर्दा पुरिएर मृत्यु भएको छ ।

उनीसँगै माटो लिन गएकी अन्य दुई जना महिला घाईते भएका छन् । घाईते हुनेहरुमा सोही ठाउँकी २१ वर्षिया सुर्जा शाही र २६ वर्षिया सुश्मिता विक रहेकी छन् । सुर्जा शाही गर्भवत्ती भएको र उनको खुट्टामा गम्भिर चोट लागेको कारण उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

सुश्मिता विकलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनास्थल डाडे सामुदायिक बन भित्रको माटो खानीमा प्रहरी पुगेको र घटनाको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्