चोरीको गाडी दुर्घटना



पोम्पानो, (एजेन्सी)
अमेरिकाको फ्लोरिडा राज्यको पोम्पानोबीचस्थित एक रेलवे ट्र्याकमा १२ देखि १४ बीचका बालबालिकाले भरिएको एउटा गाडी पल्टिँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त गाडी चोरिएको बताइएको छ। मारिनमध्ये एक बालिका १२ वर्षीया भएको र उनको नाम चयान्न नेस्मिथ भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। घटनामा अन्य ५ जना बालबालिका घाइते भएको उनीहरूको उपचार ब्रोवार्ड हेल्ड मेडिकल सेन्टरमा भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। घटनामा मृत्यु हुने अर्की बालिकाको नाम भने खुलाइएको छैन। घाइते हुनेमा एक बालक र तीन बालिका छन्।

प्रतिक्रिया दिनुहोस्