म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि



लन्डन, (एजेन्सी)
नचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगअन्तर्गत आइतबार राति म्यानचेस्टर युनाइटेड वेस्टब्रोमसँग १–० गोलअन्तरले पराजित भएपछि म्यानचेस्टर सिटी यस सिजनको लिग च्याम्पियन बनेको हो। पेप गुआर्डिओलाको प्रशिक्षणमा रहेको सिटीले उपाधि जित्ने क्रममा ३३ खेलबाट ८७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको हो। दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले समान खेलबाट ७१ अंकमा सीमित भएपछि गणितीय आधारमा लिगको पाँच म्याच खेल्नुअगावै सिटीले उपाधि पक्का गरेको हो।

सिटीले गत शनिबार टोटेन≈याम हट्स्परलाई ३–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। उपाधिका लागि आइतबार वेस्टब्रोम र म्यानचेस्टर युनाइटेडबीचको नतिजा महत्त्वपूर्ण बनेको थियो। जहाँ युनाइटेड पराजित भएसँगै सिटीले उपाधिमा नाम लेखाउन सफल भयो।

जारी सिजनको प्रिमियर लिगमा सिटीले २८ जित, ३ बराबरी र २ हार बेहोरेको छ। उपाधि पक्का भएसँगै सिटीले अब प्रिमियर लिगमा विभिन्न कीर्तिमान बनाउने सम्भावनासमेत बढेको छ। प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी अंक जोड्ने कीर्तिमान चेल्सीको नाममा छ। सन् २००४÷०५ मा चेल्सीका पूर्वप्रशिक्षक जोसे मोउरिन्होले ९५ अंकसहित उपाधि जितेका थिए। यस सिजनको ५ खेल बाँकी छँदा सिटी कीर्तिमान बराबरी गर्नबाट जम्मा ८ अंक टाढा रहेको छ।

लिगको ५ खेलबाँकी छँदा सिटीले ९३ गोल गरेको छ। घरेलु मैदानमा सर्वाधिक गोलको कीर्तिमान तोड्न भने सिटीलाई अझै १६ गोल खाँचो छ। सिटीले बाँकी पाँच खेलमा घरेलु मैदानमा स्वान्सी, हडर्सफिल्ड र ब्राइटनको सामना गर्दै छ भने वेस्टह्याम र साउथ≈याम्पटनको मैदानमाभने सिटीले अवे म्याच खेल्नेछ। सिटीले यो सिजन १४ अवे खेलमा जित दर्ता गरेको छ।

पीएसजीलाई लिग वान उपाधि
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जारी सिजनको लिग वान उपाधि जितेको छ। चिर प्रतिद्वन्द्वी मोनाकोलाई आइतबार राति ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेसँगै पीएसजीले लिगको ५ म्याच खेल्नुअघि नै गणितीय आधारमा उपाधि पक्का गरेको हो। पाँच खेल बाँकी छँदा पीएसजीले ८७ अंक जोडको छ। हारसँगै दोस्रो स्थानको मोनाकोको ७० अंक रहेको छ।

पीएसजीले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो। पीएसजीका लागि जिओ भानिलो क्लेसोले १५औं र २७औं मिनेटमा, एन्जल डी मारियाले १९औं र ५८औं मिनेटमा समान २–२ गोलको योगदान गरेका थिए। यस्तै इडिसन काभानीले १७औं र जुनियर ड्याक्सलरले ८६औं मिनेटमा समान १–१ गोल आफ्नो नाममा लेखाए। यस्तै राडामेल फल्काओले ७६औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजीको गोल संख्या ७ पुगेको थियो। त्यसअघि मोनाकोका लागि रुनिलोपेसले ३८औं मिनेटमा सान्त्वना गोल फर्काउन सफल भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्