इलाममा उध्रेको चोली



गणेश घिमिरे, इलाम। सिमसिम पानीले चिसिएको मौसम, ढल्कँदै गएको रात। तर, त्यसको प्रवाह भएन दर्शकलाई। जब स्टेजमा गायिका इन्दिरा जोशी उक्लिन्, शुरु भयो हुटिङ र तालिको गडगडाहट। दर्शकको हुटिङ र तालिले फिक्कबजार हालैको एक रात अबेरसम्म तात्यो।

पूर्वी इलामको सूर्योदय नगरपालिकामा शुरु भएको दोस्रो सूर्योदय सडक महोत्सवमा सांगीतिक प्रस्तुति दिन इन्दिरा जोशी फिक्कआइपुगेकी थिइन्। नेपाली साकिराको उपमा पाएकी इन्दिराको प्रस्तुति रहने भएपछि महोत्सवको पहिलो दिन नै राति अबेरसम्म दर्शकको भीड जम्मा भयो। उनीहरू झरी, चिसो मौसम र रात नभनी इन्दिराको प्रतीक्षामा थिए। सूर्योदय नगरबासीलाई नेपाली साकिरा नामले परिचित इन्दिरा जोशीको प्रस्तुति हेर्ने अवसर सूर्योदय होटसंघले जुराएको हो।

दर्शकको लामो प्रतीक्षापछि राति साँढे ८ बजे गायिका जोशी नमस्ते फिक्कभन्दै युवा पुस्ताले रुचाएको चौबन्दी चोली अनि रातो घाँगर गाउँदै आफ्नो प्रस्तुतिको शुरुआत गरिन्। इन्दिराले उध्रेको चोली छ है, म त मर्छु कि क्या हो ठूली गाउँदै कम्मर मर्काउन थालेपछि हजारौं दर्शकको साथ र माया पाइन्। दर्शकदीर्घाबाट वान्स मोर, वान्स मोरको आवाज घन्किरहँदा इन्दिराले साटौं माया लौन बरु गाउन शुरु मात्र के गरेकी थिइन्, दर्शक स्टेजमै नाच्न पुगे। दर्शकको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो। चिसोलाई छिचोल्दै युवा दर्शक त असिनपसिन नै भए।

इन्दिराको प्रस्तुतिपछि पनि दर्शक मध्यरातसम्म स्थानीय कलाकारको साथमा रमाएका थिए। इन्दिराले करिब ४० मिनेटसम्म आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाएकी थिइन्। महोत्सव आइतबारसम्म चलेको थियो।

प्रतिक्रिया दिनुहोस्