मायाको गीतमा रोमान्स



गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरूको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। माया लगाई बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो।

गीतमा संगीतकारका रूपमा स्थापित भइसकेका शंकर थापा स्माइलले स्वर भरेका छन्। गीतमा संगीत पनि थापाकै छ। आफ्नै संगीत भएकाले हुन सक्छ संगीतकार थापा यो गीतको गायनमा खुलेका छन्। यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

निर्देशक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दझैं रोमान्टिक बनाएका छन्। भिडियोमा अभिनेतृ सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन्। भिडियोमा उनीहरूको जोडी लोभलाग्दो देखिएको छ। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्