लागूऔषध गाँजा तस्करीको लागि ट्यांकरको प्रयोग !



काठमाडौं । इन्धन बोक्ने ट्यांकरभित्र लुकाएर लागूऔषध गाँजा तस्करी भएको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरी गाँजा तस्करीको भएको तथ्य सार्वजानिक गरेको हो । प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।

उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।

उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्