महन्थ ठाकुर अाइसीयुमा



काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य महन्थ ठाकुर अाइसीयुमा भर्ना भएका छन् । स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिए पछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका हुन् ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार ठाकुरलाई एनजीयोग्राफी गरिएकोमा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि अप्रेशन गरि तीनवटा स्टेन राखिएको छ ।

नियमित चेकअपका लागि चैत २७ गते दिल्ली पुगेपनि ३० गते भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्