विप्लवको धम्किपछि वडा कार्यालय बन्द



संखुवासभा । पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् ।

वडा नम्बर ८ का वडा अध्यक्ष छत्र न्यौपानेका अनुसार चैत २९ गते राति विप्लवका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाड्दै कार्यालयको साइन बोर्डसमेत लगेका थिए । उनकाअनुसार विभिन्न नम्बरबाट फोन गर्दै कार्यालय खोले कडा कारबाही गर्ने धम्की दिने गरेका छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार विप्लवका कार्यकर्ताको धम्कीपछि वडा कार्यालयहरु बन्द भएको थाहा पाउनासाथ कार्यालय खोल्न आइतबार नै सुरक्षाको टोली पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्