ओली–प्रचण्डबीचको वार्ता सकियो, भोलि एकता समितिको बैठक बस्ने सहमति



नेपाल समाचारपत्र, काठमाडौं ।
एकता प्रक्रियामा देखिएको आशंकाको अन्त्य गर्नका लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा गोप्य र्वाता भएको छ ।

करिब दुई घण्टाको लामो वार्तापछि (भोली) मंगलबार बिहान पार्टी एकाता संयोजन समितिको बैठक बोलाउने निस्कर्षमा पुगेको बताइएको छ । भागबण्डामा आधा आधा हिस्सा भनिएपछि भड्किएको पार्टी एकता आज बसेको बैठकमा पनि त्यस विषयमा कुनै पनि सहमति हुन नसकेको वालुवाटार निकट स्रोतले जनाएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि(मंगलबार) बिहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको जानकारी दिए ।
विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने नराख्ने, पार्टीका सदस्य कति, निर्वाचन चिन्ह जस्ता महत्वपुर्ण विषयमा नेताहरुबीच सहमति हुन नसकेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार चेतन अधिकारीले जानकारी दिएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्