सोनम कपुरको बिहेको मिति तोकियो



काठमाडौं । बलिउड अभिनेत्री तथा अभिनेता सोनम कपुरपुत्री अभिनेत्री सोनम कपुर र चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिन् । लामो समयदेखि विवाहको चर्चा चले पनि उनिहरुको अहिलेसम्म मिति भने तय हुन सकेको थिएन । उनले आनन्द आहुजासँग लगनगाँठो कस्न लागेकी हुन् ।

 

तर अब भने उनीहरुको विवाह हुने मिति सार्वजनिक भएको छ । स्रोतमा उल्लेख गरिएअनुसार सोनम र आनन्दको विवाह मुम्बईमा मे ६ र ७ मा हुने छ । विवाहपछि यस जोडीले नयाँ दिल्लीमा एक विशाल भोज आयोजना गर्नेछ ।

 

केही दिनअघिसम्म यस जोडीको विवाह स्विटजरल्यान्डमा हुने बताइएको थियो । प्राप्त समाचारका अनुसार सोनमको परिवार यतिबेला जोडतोडका साथ विवाहको तयारीमा जुटेको छ ।

 

विवाहका लागि बलिउड स्टारहरु रणवीर कपुर, दीपिका पादुकोण, करिना कपुरलागायत  कलाकारहरुलाई निमन्त्रणा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्