कम्युनिष्टहरु अधिनायकबाद तर्फ अघि बढेः देउवा



कृष्ण आचार्य, चितवन ।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाएका छन् । आज (सोमबार) भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै देउवाले सरकारको काम कारवाहीले देश अधिनायकबाद तर्फ अघि बढेको अनुभुति भएको बताए । उनले सरकारले जनताको काम गर्न नसकेको र एकलौटी गर्न खोजेको दाबी गरे ।

पुर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले सरकारले प्रमुख प्रतिपक्ष दलसंग कुनै सरसल्लाह नगरी एकलौटी काम गरिरहेको बताए । काँग्रेसलाई व्यवस्था गर्दै अघि बढे प्रजातान्त्रिक मुल्य मान्यता अनुसार कम्युनिष्ट विरुद्ध लडाइ लड्ने देउवाले चेताबनी दिए । पछिल्लो एक दशकको तीन चौथाई समय सरकारमा बसेका कम्युनिस्टहरु नै मुलुकको वेथितिमा मुख्य जिम्मेवार रहेको उनको भनाई छ ।

अर्को प्रसंगमा देउबाले दुई कम्युनिष्ट पार्टी मिलेका कारण काँग्रेसले पराजय व्यहोरेको बताए । काँग्रेस अब देशव्यापी रुपमा पार्टी संगठन सुदृढिकरण अभियानमा लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्