अाेली र दाहालबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुने भएको छ ।

 

प्रधानमन्त्री अाेलीले दाहाललाई १० बजे छलफलका लागि बालुवाटार बोलाएकाे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाकारी दिए ।

 

उनका अनुसार आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन नसकेको थिएन । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि आजै दुई नेताबीच वान टु वान वार्ता हुने जानकारी दिए ।

 

वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

 

ओली भारत भ्रमणबाट फर्किएलगत्तै विवादित विषय टुंगो लाग्न एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।

 

बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुने बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्