पुनः आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी



वासिङ्टन, (एजेन्सी)
सिरियाविरुद्ध अमेरिका, बेलायत र फ्रान्सको क्षेप्यास्त्र हमलाको भत्र्सना गर्न रुसको आग्रहमा बोलाइएको संयुक्त राष्ट्र परिषद्मा उक्त प्रस्तावको पारित गर्न पर्याप्त समर्थन जुटाउन असफल रर्यो।

सिरियाको डुमामा गत हप्ता संदिग्ध रासायनिक आक्रमको जवाफमा पश्चिमा शक्तिको क्षेप्यास्त्र हमलालाई रुसी राजदूत वसिली नेबेँजियाले ‘गुन्डागर्दी’ को संंज्ञा दिएको छ।

रुसी राजदूतले सिरियामा भएको उक्त क्षेप्यास्त्र हमलाले अन्तर्राष्ट्रिय कानुनको घोर उलंघन भएको पनि आरोप लगाए।

सिरियाको गुटाको डुमामा भएको रासायनिक हमलाको अन्तर्राष्ट्रिय जा“च शुरु हुनुअगाडि नै क्षेप्यास्त्र हमला गरेकोमा पश्चिमी शक्तिमाथि आक्रोश व्यक्त गर्दै रुसी राजदूतले भने– ‘यो सबै कुरा सुनियोजित तरिकाबाट भइरहेको छ। यो मामिला उक्साउनका लागि गरिएको हो, आफैंले झुठो आरोप लगाइएको छ र फैसला सुनाएर सजाय पनि दिएको छ। के सबै अन्तर्राष्ट्रिय मामिलाको अब यसै गरी समाधान खोज्ने हो। यो अन्तर्राष्ट्रिय मामिलामा गुन्डागर्दी हो। अनि यो पनि थाहा छ, हामी २ परमाणु शक्ति यस बारेमा कुरा गरिरहेका छौं।’

तर संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यक परेमा अमेरिका पुनः हमला गर्न तयार रहेको बताइन्।

शनिबारको सैन्य कारबाहीमा अमेरिकाको सन्देश एकदम प्रष्ट भएको उनले बताए। अमेरिका, असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दि“दैन। गत राति हामीले ठूलो परिमाणमा हत्याका लागि ठूलो परिमाणमा हतियार एसेम्बल गर्न प्रयोग भइरहेको सोध केन्द्रलाई नष्ट गरिदियौं। सिरियाली शासनले यदि पुनः यो विषाक्त ग्यासको प्रयोग गरेमा अमेरिका त्यसको जवाफ दिनका लागि पूर्ण रूपमा तयार रहेका राष्टपति ट्रम्पको प्रतिबद्धता रहेको छ।

सुरक्षा परिषद्को उक्त आपतकालीन बैठकमा सिरियाका राजदूत बसर जाफरीले अमेरिका, बेलायत र फ्रान्सलाई फटाह र आडम्बरी भएको बताउ“दै कडा आलोचना गरे। उनले आफ्नो देशमाथि हमला गर्न उनीहरूको सरकारले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायस“ग जनादेश लिएको थियो, भन्ने प्रश्न राखेका थिए।
उनले भने– ‘अमेरिका फ्रान्स र बेलायतका मेरा मित्रहरूले दाबी गरिरहेका छन् कि उनीहरूले सिरियामा रासायनिक हतियार बनाउने स्थानहरूमा खसालेका छन्। यदि तीनै देशको सरकारलाई सही ठेगाना या ती ठेगानाको भूमिकाका बारेमा यति धेरै जानकारी थियो त उनीहरूले यो जानकारी ओपीसीडब्ल्यु
(अर्गनाइजेसन फर प्राहिबियसन अफ केमिकल वेपन्स) स“ग किन साझा नगरेको हो। उनीहरूले यो हमलापूर्व ती जानकारी दमस्कसमा फ्याक्ट फाइन्डिग मिसनस“ग साझा किन गरेनन्।’

यसैबीच संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेजले यो सम्पूर्ण घटनाक्रमलाई ‘खतरनाक स्थिति’ बताउ“दै संयम राख्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्