जानकारी पाऊँ



काठमाडौं उपत्यकामा विरोध र प्रदर्शनका कार्यक्रम कहिलेकाहीँ निकै बाक्लै हुन्छन्। सानो कुरा चित्त नबुझोस् या ठूलो निस्कियो सडकमा, अनि शुरू गर्यो विरोध। सडकमा विरोध भएन भने सरकार र सम्बन्धित निकायले नसुन्ने भएपछि अन्यत्र जाने कुरै पनि त भएन।

वर्तमान सरकार विगतका सरकारभन्दा केही फरक भयो क्यार विरोध कार्यक्रम राम्रैसँग सुन्न थालेछ। सरकारले सार्वजनिक कार्यक्रमस्थल र विरोध प्रदर्शनस्थल नै तोक्या छ। काठमाडौंको खुलामञ्च, तीनकुने खुला चौर, भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर खुला स्थान, सिफल चौर यही प्रयोजनका लागि तोकिएको रे।

वैशाख १६ गतेदेखि लागू हुने गरी ती क्षेत्रबाट मात्रै विरोध प्रदर्शन गर्न पाइने धरहराले बुझ्यो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनामा ‘उल्लेखित क्षेत्रबाहेक अन्यत्र विरोध कार्यक्रम भएको खण्डमा सुनुवाइ हुने छैन, माग पूरा गरिनेछैन’ भन्ने वाक्यांश लेख्न छुट्या हो कि ? अन्यत्र गरिने विरोध र धर्नालाई अवैध पो भन्न खोज्या हो कि ? लौन, यसबारेमा जानकारी पाऊँ।

प्रतिक्रिया दिनुहोस्