केदार सर्लाहीका निरक्षर बालकलाई पढाउँदै



लोकप्रिय हास्य अभिनेता केदार घिमिरेले सरकारको एक ब्यक्ति एक बिद्यार्थी अभियानअन्तर्गत सर्लाहीका इन्ताज मोहसिनलाई पढाउने भएका छन्।
सर्लाहीका १३ वर्षिय इन्ताज पिताबिहीन छन्। उनको आमा इटा बोकेर गुजारा गर्छिन् भने इन्ताज नेपाली अक्षरसमेत चिन्दैनन् र वर्कशपमा हेल्परको काम गर्छन्। ‘अरुको मुख ताकेर धेरै पुस्ता बिते, अब आफँै जागौँ, सम्बृद्धी हाम्रै पालामा सम्भब छु केदारले फेसबुकमा प्रष्ट्याएका छन् ‘शिक्षासम्बन्धि सरकारी विज्ञापनमा निःशुल्क अभिनय गर्नेछु।

यसअघि शिक्षा, बिज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणिले बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा कलाकारहरूसँग अन्तक्रिया गरेका थिए। भर्ना अभियानलाई सफल बनाउन र अभियानमा सहभागी हुन मन्त्री पोखरेलले कलाकारहरूलाई आग्रह गरेका छन्। मन्त्री पोखरेलले एक व्यक्तिले एकजना बिद्यार्थी भर्ना गर्न आग्रह गरे। ‘यो अभियान सफल पार्न कलाकारहरूको महत्वपुर्ण भुमिका छु मन्त्री पोखरेलले भने ‘कलाको क्षेत्रबाट बिद्यार्थीलाई बिद्यालयसम्म ल्याउन सहयोग गर्न‘होस्।

कार्यक्रममा केदारसँगै कलाकारहरू मनोज गजुरेल, सिताराम कट्टेल (धुर्म‘स), रमित ढुंगाना, प्रदिप बम्जन, रोजी श्रेष्ठ, टंक आर्चाय लगायतकाको उपस्थिती रहेको थियो। भर्ना अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कलाकाहरूले बिद्यार्थी भर्ना गर्ने घोषणासमेत गरे।

प्रतिक्रिया दिनुहोस्