लघु जलविद्युत् विकास संस्थामा नयाँ नेतृत्व



काठमाडौं, (नेस)
नेपाल लघु जलविद्युत् विकास संस्थाको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णप्रसाद देवकोटा, निवर्तमान अध्यक्ष सुरेन्द्रभक्त माथेमा, प्रथम उपाध्यक्ष शिवपसाद अधिकारी, द्वितीय उपाध्यक्ष प्रेम शाक्य, महासचिव तेजनारायण ठाकुरलाई रहेका छन्।

त्यस्तै सचिवमा श्रीराम अधिकारी, कोषाध्यक्षमा बसन्त लामिछाने तथा सदस्यहरूमा प्रकाशविक्रम बस्नेत, अर्चना सिंह, राजन घिमिरे, गणेश खरेल, श्रीराम देवकोटा र प्रेम ताम्राकार चयन गरिएको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्