लघु जलविद्युत् विकास संस्थामा नयाँ नेतृत्व



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल लघु जलविद्युत् विकास संस्थाको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष कृष्ण प्रसाद देवकोटा, निवर्तमान अध्यक्ष सुरेन्द्रभक्त माथेमा, प्रथम उपाध्यक्ष शिवपसाद अधिकारी, द्वितीय उपाध्यक्ष प्रेम शाक्य, महासचिव तेजनारायण ठाकुरलाई रहेका छन् ।

त्यस्तै सचिवमा श्रीराम अधिकारी, कोषाध्यक्षमा बसन्त लामिछाने तथा सदस्यहरूमा प्रकाशविक्रम बस्नेत, अर्चना सिंह, राजन घिमिरे, गणेश खरेल, श्रीराम देवकोटा र प्रेम ताम्राकार चयन गरिएको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्