बिडिसिए कपः थालिगाडा अन्तिम चारमा सुरक्षित



विनोद सिंह विष्ट, बैतडी ।

जेवाईसी थालिगाडा,बैतडीमा जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ । लिग चरण आफ्ना सम्पुर्ण खेलमा विजयी हुदै थालिगाडा समूह “सी”को विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । शनिवार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा दशरथचन्द प्रतिष्ठानलाई ६ विकेटले पाखा लगाउदै सेमिफाईनल प्रवेश गरेको छ ।

बुड्डाबाजे क्रिकेट मैदानमा टस जितेर पहिला व्याटिंग गरेको प्रतिष्ठान १३ दशमलव ३ ओभरमा ९९ रनमा समेटियो । १ सय रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले ११ दशमलव ३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । यसअघि शनिवार बिहान भएको खेलमा कालाशैनी क्रिकेट क्लवलाई २७ रनले पराजित गर्दै थालिगाडा अन्तिम चार नजिक पुगेको थियो ।

यसैबिच बिडिसिए कप क्रिकेट प्रतियोगिताका सेमिफाईनलका खेलहरु आईतवार हुुने भएका छन् ।
निंगलाशैनी खेलमैदान देहिमाण्डौंमा हुने पहिलो सेमिफाईलन खेलमा खोडपे क्रिकेट क्लव र त्रिपुरा क्रिकेट क्लव प्रतिस्प्रर्धा गर्ने भएका छन् ।

लिग चरणको अन्तिम खेलमा केदारशक्ति क्रिकेट क्लवलाई १५६ रनले स्तब्ध पार्दै समूह “बी” समूह विजेता बन्दै खोडपे अन्तिम चारमा पुगेको हो । भने पञ्चकोटी क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै त्रिपुरा क्रिकेट क्लव समूह “डी” वाट सेमिफाईनमा पुगेको हो ।

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाईनल खेलमा जेवाईसी थालिगाडा र साविक विजेता योङगस्टार क्रिकेट क्लव भिड्ने भएका छन् । लिग चरणको आफ्नो अन्तिम खेलमा दशरथचन्द प्रतिष्ठानलाई ६ विकेटले पाखा लगाउदै थालिगाडा समूह “सी” को विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको हो । भने अस्मिकेदार क्रिकेट क्लवलाई २१ रनले स्तब्ध पार्दै योङगस्टार समूह “ए” को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा चैत २५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी रहेका संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेताले ३० हजार, उप विजेताले २० हजार र म्यान अफ द सिरिज एक जनाले ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाएको छ ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करणले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्