ट्रम्प माफिया बोस



वासिङ्टन, (एजेन्सी)
एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले आफ्नो नयाँ किताबमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिएर कयौं दाबी गरेका छन् । यसले नयाँ विवाद उत्पन्न हुने आशंका गरिएको छ । कोमीले किताबमा ट्रम्पको तुलना माफिया बोससँग गरेका छन् । ट्रम्पले आफूलाई आफ्नो मातहतका सहयोगीहरू पूर्ण बफादारीको अपेक्षा गर्ने माफियाका बोसको स्मरण गराएको उनले उल्लेख गरेका छन्। अमेरिकी सञ्चार माध्यममा चुहावट भएका किताबको अंशमा ट्रम्प एक भिडियोलाई लिएर पनि डराएको उल्लेख छ । भिडियोमा मस्कोको होटलकक्षमा एक कल गल्र्सले ओछ्यानमै पिसाब गरेकी थिइन् । ती कर्ल गल्र्सलाई ट्रम्पले बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्