वर्ष २०७४ का फिल्म ८४/२० सफल



विदुर गिरी

हिजो शुक्रबारबाट बिदा भएको वर्ष २०७४ नेपाली फिल्म क्षेत्रका लागि आंशिक सफलताको वर्ष सावित भएको छ। गएको वर्ष २०७४ नेपाली भाषामा डबिङ गरी रिलिजमा ल्याइएको तामाङ फिल्म मनको साथी (सेम्ला ह्रो) र नेपाली भाषामा डबिङ गरी नेपालमा समेत रिलिजमा ल्याइएको बंगाली निर्देशकले निर्देशन गरेको र बंगाली कलाकारले नै खेलेको बंगाली फिल्म यतिसहित कुल ८४ फिल्म सार्वजनिक प्रदर्शनमा आए। २०७४ सालको पहिलो दिन अर्थात् वैशाख १ गते रिलिजको खाता खोल्ने फिल्म लभ लभ लभ, घामपानी र राधेदेखि वर्षको अन्तिम दिन आज शुक्रबार यस वर्षका लागि रिलिजको खाता बन्द गर्ने फिल्म नेप्टे र लिली बिलीसम्मको संख्या हो।

गत साल २०७३ को तुलनामा यो वर्षलाई फिल्मी क्षेत्रले सुखदरूपमा लिन सक्छ। त्यो किनभने वर्ष ०७३ मा करिब ७ दर्जन फिल्म रिलिजमा आउँदा एक दर्जन जति फिल्मले मात्र व्यापारिक सफलता हासिल गरेका थिए भने यस वर्ष व्यापारिकरूपमा सफल फिल्मको संख्या २० पुगेको छ। यो वर्ष रिलिजमा आएका फिल्मको व्यापारिक रेकर्ड हेर्दा एभरेज, हिट, सुपरहिट र सुपर डुपर हिट हुन सफल फिल्मको संख्या २० देखिएको छ।

सफलताको सुखद् पक्ष सँगसँगै दुखद पक्षचाहिँ के भने ८४ मध्ये २० फिल्मले व्यापारिक सफलता हासिल गरिरहँदा बाँकी ६४ फिल्मले भने असफलताको अनुहार हेर्नुपरेको छ।

वैशाख महिनामा रिलिजमा आएका ४ फिल्ममध्ये पत्रकार दीपेन्द्र लामाको डेब्यु निर्देशनमा बनेको घाम पानी र जगदीश्वर थापा निर्देशित राधेले सफलता हासिल गरे भने लभ लभ लभ र ब्ल्याक डायरीको व्यापारिक रिपोर्ट राम्रो हुन सकेन। जेठ महिना नेपाली फिल्मको व्यापारका लागि गतिलो महिना रहेन। यो महिनामा लगातार ७ फिल्म रिलिजमा आए। तर, पर्वले सफलता पाए पनि डायरी, हिटलर, रातो घर, जालो, लाल्टिन र आधा लभले कमाइ गर्न सकेनन्। असार महिना पनि उस्तै र≈यो। यो महिनामा लगातार ८ फिल्म रिलिजमा आए। म यस्तो गीत गाउँछुले सुपरहिटको व्यापार गर्दा तारेभीर, किड्न्याप, कमिना, कारखाना, धनपति, मन्दिरा र सायद–२ ले व्यापारिक असफलताको परिणाम देखायो।

साउनमा आएका ५ फिल्ममध्ये प्रेमगीत–२ ले सुपरहिटको व्यापार गरेर देखाइदियो भने डा. खाते, मेरी कुसुम, रुद्र र संघर्ष फ्लप सावित भए। भदौमा १० फिल्म रिलिजमा आए। जसमध्ये धुम–२ र जोनी जेन्टलम्यानले एभरेजको व्यापार गर्यो भने ए मेरो हजुर–२ र रुद्रप्रियाले सुपरहिटको व्यापार गर्यो। ग्याङस्टार ब्लुज, भुइँमान्छे, देश खोज्दै जाँदा, हामी शरणार्थी, स्काउट र लीला फ्लप हुन पुगे। असोज महिनामा केवल ४ फिल्म रिलिजमा आए। जसमध्ये अत्यधिक सफलता भने छक्का पञ्जा–२ ले पायो। यो फिल्मले अघिल्लो वर्षको छक्का पञ्जाजस्तै सर्वाधिक कमाई गर्यो। फिल्मले करिब १५ करोड कलेक्सन गरेको थियो।

यही महिना रिलीजमा आएका मेरो पैसा खोई, रानी र रुद्रप्रियाले भने आशातित कमाई गर्न सकेननन्। रेखा थापाको रुद्र प्रियाले हल र डिस होममा एकैदिन रिलीज गरिएका कारण हलबाट राम्रो कमाई गर्न सकेन। डिस होमबाट भने यसले नसोचेको रकम पायो। तर डिस होम र हलमा एकै दिन रिलीज गरिँदा ‘तँ तँ र म मु सम्मका ठुलो विवाद भयो। विवादका बाबजुद फिल्म डिस होममा रिलीज भयो।

कात्तिक महिनामा ७ फिल्म रिलीजमा आए। रमेश उप्रेतीले लामो समयमो अन्तरालपछि फिल्ममा फर्कँदै आपैmँ निर्माण गरेको ऐश्वर्या हिट सावित भयो भने फाटेको जुत्ता र मेलाले एभरेजको व्यापार गर्यो। धनवान, रोमियो, त्यान्द्रो र सकस भने प्mलप सावित भए।

मंसिर महिनामा पनि ८ फिल्म रिलीज भए। तर दुःखको कुरा, ८ फिल्म रिलीज हुँदा भ्mयानाकुटी नामक एउटा फिल्मले एभरेजको व्यापार गर्यो भने जुन त लाग्यो ताराले, फिका, अन्डर नाइन्टीन, दीपज्योति, गोरे, लभ र कन्प्mयुज प्mलप हुन पुगे।

पुष महिना नेपाली फिल्मको व्यापारका लागि कति खराब महिना सावित भयो भने यो महिना ७ फिल्म रिलीमा आए। तर सबै प्mलप सावित भए। ह्याप्पी न्यु इयर, मन त परदेशी, रज्जा रानी, फिर्के, मिष्टर झोले, बटरप्mलाई ः कलर्स अफ लभ र ब्याड ब्वाईजस्ता कुनै फिल्मले साउँसम्म उठाउने गरी व्यापार गर्न सकेन। माघ महिनामा ५ फिल्म रिलीज भए। यो महिना निर्माता सुवास गिरी र अभिनेता, निर्देशक तथा निर्माता भुवन केसीले फिल्म सम्पादक सुरेन्द्र पौैडेललाई लिएर बनाएको कृले सुपरहिटको व्यापार गरे पनि मुश्किलले लगानी कभर गर्न सक्यो।

लगानी नै धेरै भएको तथा आशा गरिएजस्तो व्यापार गर्न नसक्दा निर्माता गिरी ब्रेक इभनमा मात्र सिमित हुन पुगे। फिल्म चलेको केही समयपछि यसको एउटा गीतको केही अंशलाई लिएर प”रानो फिल्म सम्झनाका निर्देशक शम्भु प्रधानले बखेडा झिकी प्रहरीकहाँ पुर्याएपछि निर्माता गिरीले प्रहरीकै दबाबमा प्रहरी कार्यालयभित्रै ११ लाख रुपियाँ बुझाउनु पर्यो। निर्देशक प्रधानले आप्mनो फिल्मको उकालीमा पछि पछि बोलको गीत चोरेको आरोप लगाउँदै प्रहरीकहाँ पुर्याएपछि निर्माता गिरीले उनको माग र प्रहरीको दबाबका कारण ११ लाख रुपियाँ तिरेका थिए।

माघ महिनामै द्वन्द निर्देशक हिमाल केसीले निखिल उप्रेतीको पहिलो फिल्म पिंजडाको नाम लिएर बनाएको पिंजडा व्याक अगेनले एभरेजको व्यापार गर्यो भने लालप”र्जा, शेरबहादुर र पटुकी नराम्ररी प्mलप हुन पुगे। फागुनमा महिनामा ९ फिल्म रिलीजमा आए। यस क्रममा निर्मात्री तथा नायिका श्वेता खड्काले आकाश अधिकारीको निर्देशनमा निर्माण गरेको फिल्म कान्छी पनि रिलीजमा आयो। यो फिल्म हिट सावित भयो भने केही हलमा ५१ दिनसम्म चल्न पुग्यो। छवि ओझा र शिल्पा पोखरेलले नवल नेपाललाई निर्देशक लिएर बनाएको मंगलमले एभरेजको व्यापार गर्यो भने साँढे सात, पञ्जे बाजा, ब्लाइन्ड रक्स, नाका, तिम्रै छोरी तरुनी हामलाई ेकेको दोष, हुर्रे र गाँजाबाजाले गतिलो व्यापार गर्न सकेन।

भर्खरै बिदा भएको चैत महिनामा हिजो शुक्रबारसम्म गरी ७ फिल्म रिलीजमा आए। चैतको पहिलो साता रिलीजमा आएका डेस्टिनेशन काठमाडौं, पञ्चायत र इन्काउण्टर गल्ली प्mल भए। जब दोस्रो साता शत्रु गते आयो, फिल्मको व्यापारमा बहार नै आयो। यो फिल्मको रिलीजपछि आएका सबै फिल्मलाई यसले गार्हो पारिदियो। स्वदेशीमात्र नभई विदेशी फिल्मलाई समेत पछाडी पार्दै शत्रु गते यति गतिलो व्यापार गरिरहेको छ कि छक्का पञ्जा र चौथो सातामा चलिरहेको शत्रु गतेको कलेक्सन उस्तै हुन पुगेको छ। जात्रा निर्देशक प्रदीप भट्टराई निर्देशित शत्रु गतेपछि रिलीजमा आएको तिमीसँगको व्यापार एभरेज देखियो। हिजो शुक्रबारमात्र रिलीजमा आएको नेप्टे र लिली बिलीको व्यापारिक अवस्थाबारे चर्चा गर्न भने हाललाई हतार सावित हुनेछ।

रिलीजको हिसाबले वर्ष २०७३ मा ०७२ मा भन्दा बढी फिल्म बजारमा देखिएको थियो। वर्ष ०७२ मा नेपालीमा डब गरेर रिलीज गरिएका भोजपुरी र नेपाली भाषामै बनेका गरी ८४ फिल्म बजारमा आएका थिए भने वर्ष ०७३ मा कुल ८९ फिल्म बजारमा देखिएका थिए। त्यसअघि वर्ष ०७१ मा ९७ फिल्म रिलीज भएका थिए। वर्ष ०७२ मा १४ फिल्मले व्यापार गरेको देखिएको थियो। गत वर्षको व्यापारिक परिणाम पनि त्यस्तै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्