टेलिकमले ल्यायो नयाँ वर्ष अफर



काठमाडौं, (नेस)
नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याउने भएको छ । उक्त अफर वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको ह्याप्पी विकेन्ड प्याकअन्गर्तत जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपियाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

त्यस्तै अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याकअन्तर्गत जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याकअन्तर्गत १५ रुपियाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।

एडीएसएल भोलुम बेस्ड प्याकेजअन्तर्गत टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत २ सय रुपियाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ३ सय रुपियाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडीएसएल अनलिमिटेड प्याकेजमा नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७ सय रुपियाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ३ हजार ७ सय ५० रुपियाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिनसम्म र ७ हजार रुपियाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिनेछ । विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्ट्रिक १४१५ ह्यास डायल गर्नुपर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत् पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्