छोरी अहिले चर्चामा बाउ उहिल्यै



एकताका कम्युनिस्ट दल निकटका भात्तृ संघ–संगठन मिस नेपाल जस्ता सुन्दरी प्रतियोगिताको चर्को विरोध गर्थे। पछिल्लो समयमा विरोध गर्नेहरू धेरैजसो संसद्का माननीय बन्न थालेका छन्। त्यही भएर होला हिजो–आज यस्तो प्रतियोगिताबारे विरोधको स्वर ठप्प छ। यस्तै सुनसानका बीच यस वर्षकी मिस नेपाल कम्युनिस्ट नेताद्वयकी सुपुत्री शृंखला बनेकी छिन्।

शृंखला एमाले नेताद्वय विरोध खतिवडा र मुनु सिग्देलकी सुपुत्री हुन्। बुधबार राति शृंखला मिस नेपाल २०१८ घोषित भएपछि देश–विदेशमा चर्चाको चुलीमा छिन्। जुन स्वभाविक पनि हो। धरहरा पनि उनलाई बधाई दिन्छ। नेता खतिवडा कुनै बेला सुत्केरी भत्ता लिएका कारण निकै चर्चामा थिए। पुरुषले सुत्केरी भत्ता लिएको भनेर विरोधको निकै चर्को विरोध भएको थियो।

कतै त्यो भत्ताकाण्ड शृंखला जन्मिएकै बेलाको पो हो कि ? हो भने, शृंखलाले गर्भबाटै हुने बिरुवाको चिल्लो पातको लक्षण ल्याएकी रहेछिन् भन्ने पुष्टि हुन्छ। अनि ऊ बेला कमेडको विरोध गर्नेहरू अहिले बदलिएका छन्, छोरीको सफलतापछि बधाई दिन त“छाड मछाड गर्न थाल्या छन्।

यस्तो देख्दा धरहरा छक्क पर्न थाल्या छ। नेता खतिवडाकै शब्द सापटी लिएर भन्नुपर्दा ‘उहिलेका कुरा त्याग्दै पु“जीवादीले अनुसरण ग¥या राम्रा कुरा कम्युनिस्टहरूले पनि अनुसरण गर्नुपर्छ।’ जेनेरेसनअनुसार दृष्टिकोण फराकिलो बनाउनुपर्छ रे⁄ उनको यो तर्कबारे अन्य कम्रेडहरू के भन्छन् कुन्नी ?

प्रतिक्रिया दिनुहोस्