शिवको प्रेम कहानीलाई उपराष्ट्रपतिको क्ल्याप



पाकिस्तानमा समेत लोकप्रियता कमाएका एक्सन किंग शिव श्रेष्ठको प्रस्तुत र कथामा निर्माण हुन लागेको फिल्म एउटा यस्तो प्रेम कहानीका लागि उपराष्ट्रपति नन्दबहादुुर पुनले क्ल्याप दिएका छन्। बिहीबार राजधानीको लाजिम्पाटस्थित होटल ¥याडिसनमा आयोजित फिल्मको मुहूर्त समारोहमा उपराष्ट्रपति पुनले क्ल्याप दिएका हुन्। मुहूर्तका लागि अभिनेताद्वय राजाराम पौडेल र किरण केसी तथा अभिनेतृ वसुन्धरा भुसालले सट दिएका थिए।

समारोहमा गायक विश्व नेपाली र गायिका विष्णु चेमजोङले फिल्मको शिर्ष गीत तिम्रो आखाबाट म संसार देख्न चाहन्छु गाएर सुनाए थिए। दीपेश सापकोटाको निर्देशन तथा यशोदा राई र दिनेश दर्शन दर्शनधारीको निर्माण, सुनील कटवाल, सुजन गौतम, दिनेश थापा, खुम तामाङ र रामनारायण शाहको सहनिर्माण रहने फिल्ममा शिव प्रमुख भूमिकामा रहने छन् भने उनका छोरा शक्ति श्रेष्ठ नायकको रूपमा डेब्यु गर्दै छन्।

वर्षा राउत, प्रियंका कार्की, रेखा फागो, आयुष्मान देशराज, संजोग कोइराला, किरण केसी, राजाराम पौडेल, वसुन्धरा भुसाल, सुनील कटुवाल, नरेन्द्र खड्का, श्रेया कार्की, शिल्पा खड्कालगायतले अभिनय गर्नेछन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपराष्ट्रपति पुनले फिल्म क्षेत्रमा लामो समयसम्म योगदान गरेका अभिनेता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म अहिलेसम्मकै उत्कृष्ट र सफल बनोस् भन्दै शुभकामना दिए। त्यसै गरी अभिनेता श्रेष्ठले विगतमा आफूले खेलेका फिल्महरूको अनुभवलाई यो फिल्ममा प्रयोग गर्ने विश्वास दिलाए। फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र वसन्त सापकोटाको संगीत, वसन्त श्रेष्ठ, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्