तीन महिनामा करिव ३ लाख पर्यटक भित्रीए



काठमाडौ । नेपाल आउने पछिल्लो ३ महिनामा विदेशी पर्यटकको संख्या कुल २ लाख ८६ हजार ८ सय ६५ जनाले नेपाल भ्रमण गरेका छन् । यो संख्या अंग्रेजी महिना जनवरी देखी मार्च महिना सम्मको अवधिको रहेको अध्यागमन विभागले जनाएको छ ।

विभागका तथ्याङक अधिकृत कृष्ण सापकोटाका अनुसार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल र अन्य ६ नाका समेतको रहेको बताउनु भयो । मार्च महिनामा ९३ हजार २ सय ५८ पर्यटक आएकाछन् । जुन पछिल्लो ३ महिना सबै भन्दा वढि हो । जनवरीमा ५७ हजार ५ सय ५५ र फेवु्रअरीमा ६६ हजार १ सय ५ पर्यटक आएका छन् । विमान स्थलहुदै २ लाख १६ हजार ९ सय ९ आएका छन् भने स्थलमार्गबाट ६९ हजार ८ सय ६७ पर्यटक भित्रीएका हुन ।

प्रतिक्रिया दिनुहोस्