बेतन कर्णालीमा एसबीआई तथा नबिल बैंकको नेतृत्वमा ऋण लगानी हुने



नेपाल समाचारपत्र, काठमाडौं ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको अधिकांश शेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनीले सुर्खेतको चौकुनस्थित बेतनमा निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको लागि वित्तीय स्रोत जुटेको छ ।

बिहीबार कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंक तथा नबिल बैंकबीचको लागि २५ अर्ब रुपिया“सम्म सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशासक दीपक रौनियार, नेपाल एसविआई बैंकका प्रमुख कार्यकारी अनुकुल भटनागर र नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभयो ।

कम्पनी ऐनबमोजिम गत वैशाखमा दर्ता भएको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत प“ुजी २० अर्ब र जारी पु“जी १० अर्ब रुपिया“ रहेको छ । जसमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ भने कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशतर बा“की २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको शेयर स्वामित्व रहनेछ ।

हाल कम्पनी सञ्चालनमा कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीबाट संस्थागत प्रतिनिधिहरु १÷१ जना र कम्पनीले शेयर प्रमाणपत्र वितरण नगर्दासम्म कोषको कार्यविधि बमोजिम सञ्चयकर्ताको प्रतिनिधित्व हुने गरी कोष सञ्चालक समितिले मनोनयन गरेको ३ जना गरी जम्मा छ सदस्यीय सञ्चालक समिति रहेको छ ।

बेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडबाट भइरहेको छ ।
आयोजनाको कुल लागत विस्तृत परियोजना प्रतिवेदन प्राप्त भइसकेपछि निश्चित हुने भएता पनि करिब ७० अर्ब रुपिया“ लाग्ने प्रारम्भिक अनुमान रहेको छ । सो लागतमध्ये ३० प्रतिशत अर्थात २१ अर्ब रुपिया“ शेयर पु“जीबाट र बा“की ७० प्रतिशत अर्थात ४९ अर्ब रुपिया“ ऋण व्यवस्थापन गर्नुपर्ने छ ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण बैंक वित्तीय संस्थाबीचको सहवित्तीयकरण कर्जा, गैरबैंकिङ वित्तीय तथा अन्य संस्था, ठूला कोष, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्थाबाट कर्जा र वित्तीय उपकरण अवलम्बन गरी वित्तीय स्रोत जुटाउने लक्ष्य लिएको छ ।

नेपाल एसबीआई बैंक र नबिल बैंकले अन्य वाणिज्य बैंकस“गको सहकार्यमा सहवित्तीयकरण समूह गठन गरी लगानी जुटाउने सम्बन्धमा समझदारीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्