१९ हजार भन्दा बढिलाई भ्रष्टाचारको मुद्दाा



नेपाल समाचारपत्र, काभ्रे ।

राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा सरकोरवाला निकायहरुसँग भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सचिव विष्णु ओम बादेले मुलुकमा भ्रष्टाचार मैलाउँदै गएकाले त्यसको नियन्त्रणका लागि हरेक जिल्लामा सचेतनामुलक कार्यक्रम आयोजना गरिदै गएको बताए ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । केन्द्रले आर्थिक वर्ष २०७४÷२०७५ को फागुनसम्म ९ सय २३ उजुरी संकलन गरी ४ सय ८३ वटा फछ्र्याैट गरेको छ ।

सार्वजनिक पदमा बसेका निवामती सेवाका कमृचारीहरुको सम्पन्धी विवरण पेश गर्ने, नेपाल सरकारले मनोनित गर्नै पदाधिकारीहरु, जनप्रतिनिधिहरु लगायतको सम्पति विवरण समयमै बुझाउन खवरदारी गरेको छ । केन्द्रले केहि दिन अघि जिल्लाका विभिन्न कार्यालयहरुमा गरेको छड्केमा कर्मचारीहरु अनुपस्थित रहेको विवरण सार्वजनिक गरेको थियो ।

आर्थिक वर्ष २०७३/२०७४ मा सम्पति विवरण बुझाउन पर्ने दायित्व भएका ४ लाख ४९ हजार १ सय ४० पदाधिकारीहरु मध्ये म्याद भित्र ४ लाख २९ हजार १ सय ७२ जनाले मात्रै बुझाएका थिए । म्याद नाघेपछि ८ सय ३४ जनाले विवरण शुझाए भने सम्पति विवरण नबुझाउने पदाधिकारीहरु १९ हजार १ सय ३४ जना रहेका छन् । कुल संख्याको ४.२६ प्रतिशत ब्यक्तिहरुले अझै सम्पति विवरण बुझाएका छैनन । सार्वजनिक पद धारण गरी विवरण नबुझाउने पदाधिकारीको नामावली सहित कारवाहीका लागि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा ३ बमोजिम कारवाहीका लागि अख्तियारमा पठाईएको राष्ट्रिय सतर्कता केन्द्रले बताएको छ ।

कार्यक्रममा सबै कार्यालयहरुमा नागरिक वडापत्र राख्न निर्देशन दिईएको छ । नयाँ संरचना अनसार केहि कार्यालयहरु खारेज समेत भईसकेकाले स्थानीय सरकारले दिने सेवा सुविधा वडा कार्यालयहरुमा समेत देखिने गरी राख्न कार्यक्रममा निर्देशन दिईएको छ ।

खरिद, ठेक्कापट्टा, विकास निर्माणको काम, बस्तु तथा सेवा प्रवाह हुने क्षेत्र, राजश्व उठाउने निकाय र क्षेत्र, नीति निर्मण र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार जरैबाट निर्मुल बनाउने उदेश्यले भ्रष्टाचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने उद्घोष गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्