एनआईसी एसिया लघुवित्तको नयाँ सञ्चालक चयन



नेपाल समाचारपत्र, काठमाडौं ।
एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ ।

नयाँ सञ्चालक समितिले अर्जुनराज खनियाँलाई अध्यक्षमा चयन गरेको छ । खनियाँले नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

खनियाँ एनआईसी एसिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । जाजरकोट खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसीर १२ गतेदेखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेजराज तिमिल्सिना र पदम ठकुल्ला रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्