आजदेखि एनसेलकोे ‘सही’ डेटा प्याक



नेपाल समाचारपत्र, काठमाडौँ ।

एनसेल प्रालिले ‘फ्यूल योर फन’ योजनाअन्तर्गत अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढी डेटा प्राप्त गरी थप सुलभ दरमा २४संै घण्टा इन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको सुविधा लिन सक्नेछन् ।

‘सही’ डेटा प्याक यहि चैत २९ गते बिहीबारदेखि लागू भएको कम्पनीले जनाएको छ । यो डेटा योजना अन्तर्गत एनसेलका ग्राहकले आधा जीबीदेखि १५ जीबीसम्मको १ दिनदेखि ३० दिनसम्मको समयावधिका २४सैं घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु ३९ रुपैयाँदेखि ७९९ रुपैयाँसम्ममा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १ दिन समयावधि रहेको आधा जीबीको सही डेटा प्याक करसहित मात्र ३९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् भने तीन दिन समयावधि रहेको १.५ जीबी डेटा करसहित ९९ रुपैयाँ, सात दिन समयावधि रहेको ३.५ जीबी डेटा करसहित १९९ रुपैयाँ र ३० दिन समयावधि रहेको १५ जीबी डेटा करसहित ७९९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङ पनि गर्न सक्नेछन् । यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युब गो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिई अफरको लाभ लिन सक्ने एनसेलले जनाएको छ । त्यस्तै ग्राहकले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् ।

उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्