खनालद्धयलाई महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान



काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई गृह सचिव प्रेमकुमार राईले एक समारोहकाबीच आज बिहान दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले खनाल द्धयलाई महानिरीक्षमा बढुवा गरेको थियो ।

३० बर्षे सेवा अवधीका कारण नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अवकास पाउनुभएको थियो । सरकारले दुबै संगठनमा कार्य दक्षता र बरिष्ठताको आधारमा १ नम्वरमा रहेका खनालद्धयलाई प्रहरी महािनरीक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्