सैनिकलाई सजाय



यांगुन, (एजेन्सी)
गतवर्ष १० जना रोहिंग्या मुस्लिमको हत्याकाण्डमा सम्मिलित रहेको आरोपमा बुधबार म्यान्मारको एक अदालतले सात सैनिकलाई जनही १० वर्ष लामो कारावास तोकेको छ। सेनाले एक विज्ञप्तिमार्फत तिनीहरूले कडा श्रमसहितको कारवास भुक्तान गर्नुपर्ने जानकारी दिएको छ। यसै वर्षको शुरूमा मात्र सेनाले सैनिकहरू रोहिंग्याको हत्याकाण्डमा संलग्नता रहेको स्वीकार गरेको थियो। म्यान्मारलाई रखाइन राज्यमा जातीय सफाया अभियान चलाएको आरोप लागेको थियो। ४ जना अधिकृत र ३ जना सोभन्दा तल्लो तहका सैनिकलाई सैनिक अदालतले दोषी करार गरेको हो।

प्रतिक्रिया दिनुहोस्