सरिता पहिलो ब्युटिसियन ट्यालेन्ट



ब्युटिसियनका बीच राजधानीमा आयोजित पहिलो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१८ को उपाधि गोरखाकी सरिता भारतीले चुमेकी छिन्। उनले प्रमुख उपाधिसँगै २५ हजार रुपियाँ र फोटोजेनिक उपउपाधि पनि जितेकी छिन्।

मंगलबार राति राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा रोज सिप विकास केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा सर्लाहीका नवीना अधिकारीले मस्ट ट्यालेन्ट अवार्डसहित फस्ट रनर्सअपको उपाधि र १५ हजार रुपियाँ बराबरको कस्मेटिक सामग्री जितिन्। यस्तै रजनी श्रेष्ठले पर्सनालिटीसहित सेकेन्ड रनर्सअप हुँदै १२ हजार रुपियाँ बराबरको कस्मेटिक सामग्री प्राप्त गरिन्।

ब्युटिसिनहरु डा. राजश्री श्रेष्ठ, इन्दुकुमारी आचार्य, अभिनेतृ हर्षिका श्रेष्ठ, अभिनेता निर्जन थापा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य मधु शाही र मोडल पविना खड्का निर्णायक रहेको प्रतियोगितामा दीपाइ सेढार्इं बेस्ट ड्रेस, मस्ट पपुलर ब्युटिसियन, पब्लिक च्वाइस र डिजर्भिङ अवार्ड, रञ्जना श्रेष्ठ गुरुङ फ्रेन्डसिप, प्रविना श्रेष्ठ चार्मिङ, रजनी भुजेल स्टाइलिस्ट ब्युटिसियन, एलिना श्रेष्ठ पन्चुअल, सपना थापा मस्ट डिसिप्लेन, दीपा अधिकारी ब्युटिफुल आइज, सरिता बास्कोटा स्माइल, सविना शाही ब्युटिफुल ब्युटिसियन, क्रिस्टिना महर्जन हेल्दी हेयर, मिना गुरुङ अर्गनाईजर च्वाईस्, पुष्पा महर्जन बेस्ट फिटनेश, दीपा महर्जन मस्ट कन्फिडेन्ट, मेघना देउला बेस्ट स्किन, कविता बानियाँ हेल्दी फिगर, बिना रानामगर बेस्ट नेल आर्ट र सुहाना अर्याल बेस्ट फिगर उपउपाधिको विजेता भए।

ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र उनीहरुलाई यो पेसामा अझ दक्ष बनाउन ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गरिएको रोज सीप विकास केन्द्रकी अध्यक्ष सुन्दरी कारञ्जितले बताइन्। कार्यक्रममा निशा देसार, सरिता प्रजापति, जुनु रिजाल काफ्ले, बुनु शर्मा उप्रेतीको गायनले माहौल तताएको थियो। सीटीईभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा २१ प्रतियोगी थिए।

प्रतिक्रिया दिनुहोस्