सुन्दरता भित्रको डुङ्गुर उपमहानगरपालिका



यमलाल भुसाल, बुटवल ।
बाहिर जति सुन्दर देखिए पनि भित्र–भित्र फोहोरको डुङ्गुर हुदै गएको छ बुटवल उप–महानगरपालिका । लगातार उत्कृष्ट उप–महानगरपालिकाको रुपमा परिचित बुटवल किन उत्कृष्ट हुन्छ भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
पछिल्लो समयमा सडक निर्माणको काम पुरा नहुदै पटक–पटक सडकमा खाडल खन्नु देखि ५ नंम्बर प्रदेशको संसद भवन अगाडी रहेको १६–३६ सिचाई नहरको फोहोरहरुलाई उचित व्यवस्थापन गर्न नसक्द बुटवलका बसिन्दहरु उत्कृष्ट उप–महानगरपालिकको प्रश्न उठाउनु स्वभाविक हो ।

बुटवलमा अहिले पैदल यात्रीहरु आफुलाई सुरक्षित महसुस हुने ठाउँबाट बाटो काट्द पनि सुरक्षित छैनन् । अझ त्यही ठाउँमा ठुल–ठुलो होडिङ्ग बोर्ड लगाएर बाटो बन्द ! राख्न पनि श्रम लागेको छैन नेपाल खानेपानी संस्थानलाई ।
लामो समय भैसक्दा पनि बुटवल भैरहवा जोड्नुपर्ने ६ लेन सडक निर्माण कार्य पुरा भएको छैन । अझ सडक निर्माण कार्य पुरा नहुँदै हस्पितल लाईन, मिलन चोकको बिच सडकमै खाडल खन्ने काम हुन्छ । तर सम्बन्धी निकायको ध्यान र चासो पुग्न सकेको छैन, किन ?

यता समाजिक संजालमा चर्चा कमाउने उद्देश्यले भए पनि जनप्रतिनिधिहरु आफै फोहोर उठाउन तम्सीन्छन् । तर लामो समय हुँदा समेत चित्त बुझ्ने काम गर्न नसक्दा स्थानिहरु अक्रोशित हुदै उनीहरुको कामप्रति सन्तुष्टि देखिदैनन् ।

एक विहानै बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री र ९ का कार्यबाहक अध्यक्ष शिव बहादुर अधिकारी १६–३६ सिचाई नहर सरसफाई अभियानमा अगाडी सरे । तर उनलाई साथ दिने भन्दा बाहिरा हेर्ने धेरै देखिए ।
बुटवल ११ का समाजसेवी तथा अगुवा हेमलाल पाण्डेले एक–दुई दिनको देखावटी सरसफाई अभियानले केही हुन नसक्ने बताउँछन् ।

उनले उप–महानगरपालिकालाई पटक–पटक जनकारी दिदा समेत १६–३६ नहरमा जम्मा भएको फोहोरपानीको ढललाई व्यवस्थापन गर्न नसक्दा स्थानीय बसिन्दाहरुले साथ नदिएको उनको भनाई छ ।

प्रत्येक शनिबार तिनाउ टोल वडा नं. ११ मा सरफाई अभियानको नेतृत्व गर्दै अगाडी बढ्ने उनी अब नहरमा जम्मा भएको फोहरपानी र ढललाई व्यवस्थापन नगरेसम्म सरसफई गर्नुको कुनै तुक नरहेको प्रस्टपारे ।
त्यस्तै तिनाउ टोल बुटवल–११ का स्थानीय बासिन्दा हेमा बलालको भनाई पनि उस्तै छ । उनले बुटवल उप–महानगरपालिकाले ईट्टभट्टी स्थीत १६–३६ सिचाई नहरको फोहोरलाई व्यवस्थापन नगर्ने हो भने, विभिन्न किसिमका हैजा, मलेरीया, डेङ्गु लगायतको रोग निम्ताउने निश्चित रहेको बताईन् ।

यी दुई जना त केवल नमुना पात्र मात्र हुन् । उनीहरु जस्तै धेरैको दुखेसो यस्तै छ । धेरैले १६–३६ सिचाई नहरलाई छिटोभन्दा छिटो ढल रहित सफा देख्न चाहन्छन् ।

हुन त विभिन्न संघ संस्थाहरुले सफा र शुद्ध ढलरहित बनाउने उद्देश्यले नलागेको भने होइनन् । “रोट¥याक्ट रिभर फर लाईफ” भन्ने मुल उद्देश्यले शनिबार विश्व स्वास्थ्य दिवसको दिन बुटवल उप–महानगरपालिका वडा नं. ९ र ११ का विभिन्न स्थानमा सरसफई गरेको हो । त्यस्तै नहरमा जम्मा भएको फोहोर निकाल्नको लागि फोहोर फाल्ने काडे बेल्च, बुट लगायतका समाग्रीहरु तिनाउँ टोल समितिलाई सहयोग गरेको रोट¥याक्ट अफ तिलोत्तमा रुपन्देहीका संस्थापक अध्यक्ष मोहन न्यौपानले बताउँछन् ।

एक–दुई संघ संस्थाले यि यस्ता उदाहरणीय काम गरेपनि उत्कृष्ट उप–महानगरपालिकाको अवस्था भने उस्तै छ । कतै खानेपानी समस्या, कतै सडकको हरिविजोक त कतै फोहोर डुङ्गुरको समस्याले बुटवलका बासिन्दाहरुलाई सास्ती खेप्नु परेको छ । यस किसिमको समस्या समधानको लागि कुनै एउटा व्यक्ति वा कुनै एउटा संस्थाले गरेर केही हुने छैन । यसका लागि सबैको साथ र सहयोग संगै सरकारी तथा ग्रैह सरकारी निकायको छिट्टै ध्यान पुग्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्